FAQs Complain Problems

सुर्नया गाउँपालिकाकाे परिचय

बराय‌ल भगवती मन्दिर
बरायल सेराे
राैलेश्वर धाम

       नेपालको संघियता पछिको ७ वटा प्रदेशहरु र ७५३ स्थानिय तह मध्ये सुदुरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लाको सोराड क्षेत्र र पुर्चौडी क्षेत्रको मध्यमार्ग भई जोडिएको बैतडी जिल्लाको १० वटा स्थानिय तह मध्ये सुर्नया गाउंपालिका पनि एक हो । यो गाउंपालिका नामबाटै गौरबाम्बित छ, प्रसिद्ध छ, सुर्नया शब्द अलि अप्रभंस भएर शब्द उच्चारण र लेखाईमा फरक हुन पुग्यो र सुर्नया हुन गयो हुनुपर्ने सुरनया हो । सुर भनेको देवता र नाया भनेको स्नान भन्ने हुन्छ । यस पवित्र पुण्य भुमिमा यस क्षेत्रका देवी देवताहरुले स्नान गर्ने पवित्र गंगा जमुना सरस्वती नदी स्वरुपकी नदिको उद्गम स्थल यसै गाउंपालिकामा भएको कारण पनि यस गाउंपालिकाको नाम सुरनाया उपयुक्त छ ।

यस गाउंपालिकामा ८ वटा वडाहरु छन् । ती वडाहरुको नामाकरण विभिन्न देवि देवताका नामले(हटैराज, बाशुलिंक,भौनेली,रौलेश्वर,शंकरपुर,शिखरपुर) गरिएको छ । यस गाउंपालिकाको केन्द्र स्थान प्राचिन कालमा डोटीका पणेरु राजाहरुको राजधानी रौलाकेदारको पुण्य भूमी रामकी बरायल रौलेश्वर मा अवस्थित छ ।

सुर्नया गाउंपालिका समुद्रि सतह देखी ३००० मिटर सम्मको उचईमा रहेको पाईन्छ । बैतडी सदरमुकाम देखी ३५ कि मि पूर्वमा रहेको यो गाउंपालिका सुर्नया नदिका नामले प्रसिद्ध छ । यस गाउंपालिकाको कुल जनसंख्या २२९२४(2068) रहेको छ, यहाको कुल मतदाता संख्या ९३६५ छ जसमध्ये परुष मतदाता संख्या ४५०० र महिला मतदाता संख्या ४८६५ रहेको छ । यहाको भूभाग जैबिक तथा प्रार्कितिक विविधताले  भरिपुर्ण रहेके चारैतिर हरियली वन, जगल, ताल झर्ना डाडाकाडाहरु साथै पर्यटकीय धार्मिक स्थलहरुले अति सोभायमान बनाएको छ । यस गाउंपालिका को ४ किल्ला पूर्वमा शिगास गापा, पश्चिममा दशरथ चन्द नगरपालिका, उत्तरमा पुर्चौडी नगरपालिका र दक्षिणमा पाटन नगरपालिकाले घेरेको छ । यो गाउंपालिका जिल्लाकै एक प्रचुर सम्भावना बोकेको एक उत्क्रिष्ट गाउंपालिका हो । यहा धार्मिक पर्यटकिय  क्षेत्र मध्ये एसियाकै ठुलो(लामो) पत्तालभुमेश्वर गोफा यसै गाउंपालिकामा पर्दछ । त्यस्तै गरि रौलाकेदार, गोफाकेदार फाल्ङासैनि भगवति र अनिरुद्र शक्तिशाली देवताको रुपमा रहेका छन् । सबैभन्दा अग्ला अग्ला पहाडमा आसिन छन् । पर्यटकिय हिसाबले उच्च केन्द्रबिन्दुमा रहेका यस्ता पवित्र धामहरु प्रचार प्रसारको अभावले ओझेलमा पर्दै गईरहेको पाईन्छ ।