FAQs Complain Problems

अभिलेखालय

सुचना

सुचना

budget

दस्तावेज: 

गाउँपालिकाको परिचय

            नेपालको संघियता पछिको ७ वटा प्रदेशहरु र ७५३ स्थानिय तह मध्ये सुदुरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लाको सोराड क्षेत्र र पुर्चौडी क्षेत्रको मध्यमार्ग भई जोडिएको बैतडी जिल्लाको १० वटा स्थानिय तह मध्ये सुर्नया गाउंपालिका पनि एक हो ।यो गाउंपालिका नामबाटै गौरबाम्बित छ, प्रसिद्ध छ, सुर्नया शब्द अलि अप्रभंस भएर शब्द उच्चारण र लेखाईमा फरक हुन पुग्यो र सुर्नया हुन गयो हुनुपर्ने सुरनया हो ।

सुर भनेको देवता र नाया भनेको स्नान भन्ने हुन्छ । यस पवित्र पुण्य भुमिमा यस क्षेत्रका देवी देवताहरुले स्नान गर्ने पवित्र गंगा जमुना सरस्वती नदी स्वरुपकी नदिको उद्गम स्थल यसै गाउंपालिकामा भएको कारण पनि यस गाउंपालिकाको नाम सुरनाया उपयुक्त छ ।यस गाउंपालिकामा ८ वटा वडाहरु छन् ।

ती वडाहरुको नामाकरण विभिन्न देवि देवताका नामले (हटैराज, बाशुलिंक, भौनेली, रौलेश्वर, शंकरपुर, शिखरपुर) गरिएको छ ।यस गाउंपालिकाको केन्द्र स्थान प्राचिन कालमा डोटीका पणेरु राजाहरुको राजधानी रौलाकेदारको पुण्य भूमी रामकी बरायल रौलेश्वर मा अवस्थित छ ।

सुर्नया गाउंपालिका समुद्रि सतह देखी ३००० मिटर सम्मको उचईमा रहेको पाईन्छ । बैतडी सदरमुकाम देखी ३५ कि मि पूर्वमा रहेको यो गाउंपालिका सुर्नया नदिका नामले प्रसिद्ध छ ।

यस गाउंपालिकाको कुल जनसंख्या १७९४५ (२०७८) रहेको छ। यहाको कुल मतदाता संख्या ९३६५ छ जसमध्ये परुष मतदाता संख्या ४५०० र महिला मतदाता संख्या ४८६५ रहेको छ ।

 

यहाको भूभाग जैबिक तथा प्रार्कितिक विविधताले  भरिपुर्ण रहेके चारैतिर हरियली वन, जगल, ताल झर्ना डाडाकाडाहरु साथै पर्यटकीय धार्मिक स्थलहरुले अति सोभायमान बनाएको छ ।

 

यस गाउंपालिका को ४ किल्ला पूर्वमा शिगास गापा, पश्चिममा दशरथ चन्द नगरपालिका, उत्तरमा पुर्चौडी नगरपालिका र दक्षिणमा पाटन नगरपालिकाले घेरेको छ । यो गाउंपालिका जिल्लाकै एक प्रचुर सम्भावना बोकेको एक उत्क्रिष्ट गाउंपालिका हो ।

           यहा धार्मिक पर्यटकिय  क्षेत्र मध्ये एसियाकै ठुलो(लामो) पत्तालभुमेश्वर गोफा यसै गाउंपालिकामा पर्दछ । त्यस्तै गरि रौलाकेदार, गोफाकेदार फाल्ङासैनि भगवति र अनिरुद्र शक्तिशाली देवताको रुपमा रहेका छन् ।

सबैभन्दा अग्ला अग्ला पहाडमा आसिन छन् । पर्यटकिय हिसाबले उच्च केन्द्रबिन्दुमा रहेका यस्ता पवित्र धामहरु प्रचार प्रसारको अभाजले ओझेलमा पर्दै गईरहेको पाईन्छ ।

Pages